काठमाडौं — प्रहरीले कपन सरस्वतिनगरस्थित भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ । पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताउनुभयो ।
एसएसपी आचार्यले भन्नुभयो, ‘९९ लालको सुनको सिक्री र केही नगद रकम लगेको भेटियो । घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’

हत्या आरोपी विश्वकर्माले बालाजुको तारकेश्वरस्थित एक सुनचाँदी पसलमा गएर उक्त सिक्री धरौटीमा राखेको र सुनको सिक्री लुटपाटका लागि निराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको छ ।

ल