काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज आइतबार प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ । आज आइतबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।