फाइल तस्वीर

मकवानपुर — नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि भनी नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार बन्जारालाई एक महिलाले २०७९ चैत्र ३० गते दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले सोही दिन नियन्त्रणमा लिएको महासचिव रोसन पुरीले जानकारी दिनुभएको छ ।
उक्त घटनासँग जोडिएर केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार तथा सिसिटिभी फुटेजहरु प्रकाशन÷प्रसारण भैरहेको सन्दर्भमा कुनै दबाब र प्रभावबिना घटनाको निष्पक्ष र दोहोरो छानबिन गर्न महासङ्घले सम्बन्धित निकायसँग माग गरेको छ ।