कास्की — गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री हुनुभएका पाण्डेले आज अपरान्ह १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुङ्गो लागेको छैन । यद्यपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आकाङ्क्षी आफ्नै पार्टी नेपाली काङ्ग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहनुभएको छ ।