काठमाडौं — नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव आज मनाउँदै छ । राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्राङ्गणमा आयोजना हुने भएको हो ।

उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी हुने राष्ट्र बैंकले जनाएको छ ।

वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिडका कारण परेको असर र अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ।

खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आया, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंग बाट अघि बढाउने विषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ। वार्षिकोत्सव कार्यक्रममा भने अर्थमन्त्रीलाई बोलाइएको छैन।