काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन, चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।