काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १ हजार १९ पीसीआर परीक्षण तथा ५७२ एन्टिजेन परीक्षणमा १ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ३ सय ९० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको छ ।