जसपाका उम्मेदवार उपेन्द्र यादव, फाइल तस्वीर
बारा — प्रतिनिधिसभा सदस्यका लागि आईतबार १० गते सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर अग्रस्थानमा रहँदै मतान्तर बढाउँदै अघि बढ्नुभएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार जसपा उम्मेदवार यादवले नौ हजार नौ सय ६९ मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको हो ।

जसपाका अध्यक्ष समेत रहनुभएका यादवका निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ८७ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म यादवभन्दा शिवचन्द्र तीन हजार एक सय ८२ मतले पछाडी हुनुहुन्छ ।

जसपाका उम्मेदवार उपेन्द्र यादवलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । शिवचन्द्र कुशवाह नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवार बन्नुभएको छ । यस निर्वाचन क्षेत्रमा एमाले तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले धेरै पछि रहेको निर्वाचन आयोगले जनाएको छ ।