पेरिस — फ्रान्सले आफ्ना नागरिक र कूटनीतिक कर्मचारीलाई सुडानबाट निकाल्न थालेको छ । सुडानमा प्रतिद्वन्द्वी सेनाबीचको लडाइँ दोस्रो हप्तामा प्रवेश गरेको र स्थिति नकारात्मक बन्दै गएको पनि परराष्ट्र मन्त्रालयले आइतबार उल्लेख गरेको छ ।


मन्त्रालयले थप विवरण नदिई ‘द्रुत निकासी अभियान’ शुरु गरेको र युरोपेली नागरिक र ‘सम्बन्धित साझेदार देश’ का मानिसलाई पनि उद्धारकार्यमा सहयोग गरिने बताएको छ ।