फाइल तस्वीर
चितवन — भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान कार्य सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै आएपछि रोकिएको मतदान झण्डै तीन घण्टा पछि केहीबेर अघिमात्रै मतदान सुरुभएको हो ।

मतदान स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निर्वाचन चिह्न बजाउदै आएको भन्दै विपक्षी पार्टीले नाराबाजी गरेपछि १२ बजेदेखि रोकिएको मतदान कार्य अपरान्ह ३ः३० बजेबाट सुरुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रास्वपाले आचारसंहिता उलङ्घन गरेको स्वीकार गरेर माफी मागेको थियो । रास्वपाले आचारसंहिता उलङघन गरेको विषयलाई निर्वाचन आयोगमा पठाउने सहमतिपछि मतदान कार्य सुरु भएको हो ।

विवादमा देखिएको समस्यका विषयमा छलफल गरेर टुंगोमा पुगेपछि मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चार बुँदे सहमति भएपछि रोकिएको मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।