साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार दुई सय २४ जनाको पीसीआर विधिबाट २० र नौ सय २४ जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट २० जनामा र एन्टिजेन विधिबाट ५८ जनामा सङ्क्रमण देखिएको हो ।

आज कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना सङ्क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।