साङ्केतिक फाइल तस्वीर
काठमाडौं — मुलुकभर पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार चारसय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या तीन सय ८६ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ६६ जना सङ्क्रमणमुक्त हुँदा संस्थागत आइसोलेसनमा २१ जना, आईसीयुमा सात जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरसको सङ्क्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन ।