फाइल तस्वीर
किमाथाङ्का — कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत् जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई १०÷१० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाइ छ । ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।