फाइल तस्वीर
सुर्खेत — कर्णाली प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काङ्ग्रेसका तीन जना मन्त्रीहरु सरकारमा सामेल हुन लागेका हुन् ।

काङ्ग्रेस प्रदेश संसदीय दलले मन्त्री हुने तीन जनाको नाम हिजै मुख्यमन्त्री राजकुमार शर्मा बुझाइसकेको छ । हिजो सिफारिस गरिएका तीन जनामन्त्रीहरुले आज बुधबार पद तथा गोपनीयताको शपथ लिनेभएका छन् । हिजो मङ्गलबार दिउँसो बसेको काङ्ग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी प्रदेशसभा सदस्य कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

मुख्यमन्त्रीको दावेदार मानिएका कृष्णकुमार बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेलले सामाजिक विकास र बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार मन्त्रीमा सिफारिस भएका तीनै जनालाई आज बुधबार पद तथा गोपनीयताको शपथ गराउने गराउने तयारी छ । प्रदेशसभामा १४ सिटसहित पहिलो दल रहेको काङ्ग्रेसले अबको अढाई वर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादी नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरेको पछि काङ्ग्रेस माओवादी केन्द्रको नेतृत्वको सरकारमा सहभागी हुने भएको हो । जनाउने भएको हो ।

सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै एमाले सरकारबाट बाहिरिएपछि कर्णाली प्रदेश काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए । अब अढाई वर्षपछि काङ्ग्रेसले नेतृत्व पाउने ।