साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सङ्क्रमित हुनेको मृत्युदर पनि बढ्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणकै कारण आज मङ्गलबार एकै दिन थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल दुई हजार दुई सय ९१ नमुनामध्ये ९८० जनाको पीआरविधि परीक्षण गर्दा १०५ जनामा र १ हजार ३१२ जनाको एन्टीजेनविधिबाट परीक्षण गर्दा ६६ जना गरी कुल एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ३९७ पुगेको छ भने संस्थागत आइसोलेशनमा २२ जना, आईसीयूमा आठ जना र भेन्टिलेटरमा चार जनाको उपचार भैरहेको छ ।