साङ्केतिक तस्वीर
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या १२ हजार २३ पुगेको छ ।

आज २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरु पाँच सय ७१ जनाको पीसीआरविधि र एक हजार ६१ जनाको एन्टिजेन परीक्षणविधिबाट परीक्षण गर्दा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये आज सोमबार ६० सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर तीन सय ७९ जना कोरोना भाइरसबाट सक्रिय सङक्रमित रहेका छन् ।