फाइल तस्वीर
काठमाडौं — शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई हराउँदै शानदार जित दर्ता गरेको छ । ललितपुरस्थित सात दोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० को फराकिलो अन्तरले जित निकालेको हो ।

शहीद स्मारक ‘ए’ डिभिजनको जारी लिगमा फ्रेण्ड्सको यो दोस्रो जित हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक÷एक गोलको साझेदारी गर्दै हिमालयन शेर्पालाई स्तब्ध बनाए ।

यो जितसँगै नौ खेलबाट आठ अङ्क बनाएको फ्रेण्ड्स सम्भावित रेलिगेशनबाट माथि उक्लिन सफल भएको छ । उता हिमालयन शेर्पाको भने समान नौ खेलबाट नौ अङ्क बनाएको छ ।