साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोनाको सङक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये चार जनाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा राखि उपचार भैरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा ३७ जना र आईसीयुमा ११ जनाको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये ५० जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका तीन सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।