साङ्केतिक तस्वीर
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित हुन पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।

कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह््यो । सो कम्पनीको चीन करोड ८९ लाख चार हजार चार सय नौ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भए ।

एनआइसी एशिया बैंक तीन करोड ६४ लाख ९८ हजार सात सय ५० रुपैयाँ, शिवम् सिमेन्ट तीन करोड १७ लाख २० हजार सात सय सात रुपैयाँ, हिमालयन डिस्टिलरी दुई करोड ७९ लाख ९४ हजार चार सय ५५रुपैयाँ र सगरमाथा जलविद्युत् कम्पनीको दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ ।

त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ ।