दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज चामलसहित दाल, तेल, आलु प्याजलगायत खाद्यान्न प्रदान गरेको हो ।

कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको स्थापना दिवसमा मानवीय सेवाका लागि खाद्यान्न सहयोग गरिएको बताउनुभयो । आश्रमकी मानवता प्रवद्र्धन अभियान्ता रिया थापाले सङ्घसंस्था र व्यक्तिको सहयोगबाट आश्रममा रहेका करिव दुई सय आश्रितको पालनपोषण गरिएको बताउनुभयो ।

कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराई, महासचिव योगबहादुर गुरुङले आश्रमलाई दीगोरुपमा सञ्चालन गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।