पत्रपत्रिकाबाट

काठमाडौं — कोभिड – १९ को प्रभाव को प्रभाव र रुस–युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा सङ्कटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।

राष्ट्र बैंकले मङ्गलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गर्नुभयो । ’अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,’ उहाँले भन्नुभयो, ‘अब ब्याजदर पनि घट्दै जान्छ ।’ (आजको आर्थिक अभियान दैनिकबाट)