काठमाडौं — दोल्ती पावर कम्पनी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्ट्याएको थियो ।

त्यसमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो ।

एक करोड सात लाख २९ हजार ८०० रुपैयाँबराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । ६८ लाख एक हजार ७०० रुपैयाँ बराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन् । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल ‘बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।