काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूसँगको सम्बन्धन नवीकरण नगर्ने क्याम्पसहरूलाई खारेज गर्ने चेतावनी दिएको छ । त्रिविले आज मङ्गलबार ‘त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना’ जारी गरी कतिपय क्याम्पसले अझै सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूलाई त्रिविको नियमानुसार खारेज गर्ने जानकारी दिएको हो । तर यस विषयमा कुनै मनासिब कारण भए आगामी वैशाखसम्म सम्बन्धित डिन कार्यालयमा निवेदन दिन भनिएको छ ।

सूचनाअनुसार नवीकरण भएका क्याम्पसहरूले भने त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन् । नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जानकारी दिएको छ । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।

हेर्नुहोस् सूचना: