आगलागीको तस्वीर
रौतहट — रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ । उक्त नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो ।
आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आईतबार दिउँसो २ बजे जिउत मुखियाको घरमा खाजा बनाउन चुलो बाल्दा घरमा आगो सल्के आगो फैलिंदै जाँदा त्यहाँका २१ घर जलेर नष्ट भएका हुन् ।

बढ्दो गर्मी मौसम, तीव्र हावाको बेगका कारण क्षणभरमै मुखियाको घरबाट छिमेकीको घरमा आगो सल्किदै बस्तिमै आगलागी हुन पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी मिश्रकाअनुसार आगो नियन्त्रणमा लिन स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चन्द्रपुर र गौर नगरपालिकाको वारुणयन्त्र परिचालन गरिएको छ । वारूणयन्त्रको पानी सकिएपछि आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ ।

आगलागीका कारण अहिलेसम्म मानवीय क्षतिको खबर तर आगलागीबाट धेरै धनमाल नस्टभएको छ । आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय बासिन्दा लागिरहेका छन् । आगालागी पूर्ण नियन्त्रण आउन सकेको छैन ।