काठमाडौं — काठमाडौ महानगरपालिकाका प्रमुख बालेन(बालेन्द्र) साहले विद्यार्थीहरुले आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न विद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।

महानगर प्रमुख साहले सामाजिक सञ्जालमा महानगरले सार्बजनिक गरेको सुचना पोस्ट गर्दै भन्नुभएको छ, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।

उहाँले लेख्नुभएको छ, विद्यालय आफैँले किताब बेच्ने गरेको र पोशाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।