तस्वीरः रोयटर्स

इजरायल — इजरायलको तेलअभिव र वेस्ट बैंक क्षेत्रमा कारबाट भएको आक्रमणमा तीन जना मारिएका छन् भने केही घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार, तेलअभिवको भीडभाड हुने क्षेत्रमा एउटा कारले अन्धाधुन्ध ठक्कर दिएको थियो, जसमा एक व्यक्तिको मृत्यु भयो । उता, वेस्ट बैंकमा कारबाट भएको फाइरिङमा परी दुई किशोरी मारिएका छन् ।

स्थानीय प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । दुवै आक्रमणमा प्यालेस्टाइनको हात रहेको प्रहरीको आशंका छ । इजरायली अधिकारीले उक्त आक्रमणमा १६ र २० वर्षकी दिदीबहिनीको मृत्यु भएको र उनीहरूकी आमा गम्भीर रूपमा घाइते भएकी बताएका छन् ।

मारिएका किशोरी मूलतः बेलायती नागरिक थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनास्थलको अवलोकन गरेपछि भने, ’निर्दयी आतङ्कवादाले दुई युवतीको हत्या गरे ।’