काठमाडौं– साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आज शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।