साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यस्तै कोरोना भाइरसको सक्रिय सङक्रमितको सङ्ख्या ३५८ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जनामा कोरोना भाइरसको सक्रमण पुष्टिभएको छ । मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा १७ जना छन् भने आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत छन् ।

यस्तै २७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।