फाइल तस्वीर

काठमाडौं — साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन आज बिहीबार भने तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ८सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसै गरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसै गरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन हिजोबुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम रहेको थियो ।