काठमाडौं – नेपाल कम्युनिस्ट माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय सङ्गठनहरुले पहिचानको आधारमा प्रदेशको नामकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थिति र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ ।