फाइल तस्वीर
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । साताको चौंथो दिन आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि चैत ५ गते छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो । नेपाली बजारमा चैतदेखि सुनको मूल्य आकाशिंदै गएको छ । आज बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो ।

हिजो मङ्गलबार एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।