अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, फाइल तस्वीर
वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनी फौजदारी अभियोगका कारण पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका हुन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति हुन् । मङ्गलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका ट्रम्प दिउँसो १ बजेपछि ट्रम्प टावरबाट निस्किएर सिधै अदालत गएका थिए ।

ट्रम्प अदालत प्रवेश गरेपछि अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको समाचारमा भनिएको छ । पूर्वराष्ट्रपति ट्रम्पमाथि विभिन्न ३४ वटा आरोप लागेका छन् । यद्यपि, उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

ट्रम्पलाई पक्राउ गरिए पनि हतकडी नलगाइएको समाचारमा जनाइएको छ । ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ ।