काठमाडौं– साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

यसअघि सोमबार प्रतितोला ६ सय रुपैयाँ घटेको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।