फाइल तस्वीर

काठमाडौं — सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएको सूची पठाएपछि हिजो शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले समायोजन गरेको नयाँ मूल्य अनुसार अब नेपाली बजारमा डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको प्रतिलिटरमा तीन रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएकोछ ।

आज मङ्गलबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १६० रुपैयाँ तोकिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सचिव मधु मरासिनीलाई पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएसँगै आयल निगमको सञ्चालक समितिको बैठक बसेर मूल्य घटाइएको हो ।