फाइल तस्वीर

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।