साङ्केतिक तस्वीर
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर १८५ जनाको पीसीआर विधिबाट ५१६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३८ जनामा सङ्क्रमण पुष्टिभएको हो ।

आईतबार १४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १९४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कोरोना भाइसकको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २० जना पुगेको छ ।