फाइल तस्वीर
वाशिङ्टन — मध्यअमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइतेभएको छ भने कैयौँ घाइते भएका छन् । मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएको जनाइएको हो।

अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् । पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने शहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपतकालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीबिहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको छ । एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो ।