फाइल तस्वरि
ओटावा — क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छ वटा शव फेला परेको जनाइएको हो ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।