फाइल तस्वीर
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका हुन् ।

यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । उहाँलाई नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उहाँको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिनुभएको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ ।