मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर


सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार बसेको प्रदेशसभाबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले विश्वासको मत दिनुभएको छ ।

यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको थियो ।

मुख्यमन्त्री शर्मालाई सत्तारुढ दल नेकपा एमालेसहित नेपाली काङग्रेस, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिनुभएको हो । राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले भने विश्वासको विपक्षमा मत दिनुभएको छ । प्रदेशसभाको आगामी बैठक यही चैत १९ गते आईतबार बस्ने कर्णाली प्रदेश ससद् सचिवालयले जनाएको छ ।