मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ।
आज शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिनुहुने कार्यक्रम छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीबन्दा एमाले, राप्रपाले समर्थन गरेको थिए । केन्द्रीय समीकरण भत्किएपछि प्रदेशका मुख्यमन्त्रीहरुको पदपनि हल्लिएको छ । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने या नदिने विषयमा आज शुक्रबार बिहानैदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् । मुख्यमन्त्री शर्मालाई दिएको समर्थन एमालेले फिर्ता लिएको छैन् । एमाले अहिले पनि प्रदेश सकारमा बसिरहेको छ । उक्त प्रदेशमा नेपाली काङ्ग्रेस सत्ता बाहिर छ भने एमालेले सरकारमा नै छ ।

एमाले सरकारमा बसिरहेकोले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने अर्थमन्त्री समेत रहेका एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताएका छन् । एमाले सरकारबाट बाहिरिने भए उसले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेछ । अन्यथा मुख्यमन्त्री शर्मालाई एमालेले नै समर्थ गर्नेछ ।

प्रदेशसभाको ठूलो दल नेपाली काङ्ग्रेसले मुख्यमन्त्री दावी गरिहरकोले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । काङ्ग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले शर्मा नेतृत्वको सरकारलाई विश्वासको मत दिने÷नदिने भन्ने विषयमा कांग्रेस संसदीय दललाई निर्देशन दिने बताइएको छ ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । बहुमत नभएकै कारण कर्णालीमा एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोद कुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाईं र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल छन् ।

कर्णालीमा प्रष्ट बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० (सभामुखसहित) तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १÷१ जना रहेका छन् ।