फाइल तस्वीर

नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो ।

भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा बढी व्यक्तिको उद्धार गरिएको समाचामा उल्लेख गरिएको छ ।

मध्य शहर इन्दोरमा सिँढीबाट पानीको स्रोतसम्म पुग्ने गरी खनिएको इनारमा भक्तजनहरु परेका थिए ।

घटनाको पुष्टि गर्दै प्रहरी अधिकारी मनिष कपुरियाले एएफपीसँग भन्नुभयो, ‘हामीले आठ जनाको मृत शरिर फेला पारेका छौं र करिब एक दर्जनको उद्धार गरेका छौं ।’

टेलिभिजन फुटेजमा आपतकालिन कामदारले डोरी र भ¥याङको प्रयोग गरेर मध्य प्रदेश राज्यमा इनारमा फसेकाहरूलाई पु¥याएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।

हिन्दू धर्मावलम्बी भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा आज देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।