फाइल तस्वीर
काठमाडौं — नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बुधबार २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

घोषित टोलिमा नेपाली यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत समावेश गरिएका छन् । नेपालले पछिल्लो समय लिग आईसीसी टु खेलेका सबै खेलाडीहरु टिममा आवद्ध गरेको छ ।

आगामी अप्रिल १८ तारिखदेखि मे १ तारिखसम्म हुने प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाललगायत १० देशका टिमले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।