साङ्केतिक तस्वीर
हेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो ।

फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीय स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।