प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता, तस्वीर
काठमाडौं — जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल आज हुँदैछ । आज मङ्गलबार हुने अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नलागेको हो ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुनेछ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले लाओससँग खेलेको थियो । उक्त खेलमा नेपालले लाओसमाथि २–० गोलले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

आजको खेलमा नेपालले फाइनलमा स्थान बनाउनका भुटानसँग बराबरी खेले पनि पुग्नेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २–० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

प्रतियोगिताको फाइनलमा पुग्नका लागि भुटानले नेपालाई फराकिलो गोल अन्तरले हराउनै पर्नेहुन्छ । तर भुटानले नेपाललाई जित्न भने त्यति सहज छैन ।

लाओस पनि आजको खेल हेरेर फाइनलको रणनीति बनाउने सुरमा देखिन्छ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल पर्सी १६ गते बिहीबार दशरथ रङ्गशालामा हुनेछ ।