फाइल तस्वीर
काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । हिजोको कारोवारकोभन्दा आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

हिजो सोमबार प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज एक लाख आठ हजार रुपैयाँमा कारवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक रुपैयाँले घटेको छ । तेजावि सुन हिजो प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो भने आज मङ्गलबार एक हजार रुपैयाँ घटेर एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोवार भएको महासङ्घले जनाएको छ ।


त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदीमा प्रतितोला पाँच रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँमा कारोवार भएको छ ।  महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।