फाइल तस्वीर
टेनेसी — अमेरिकामा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा नौ वर्षभन्दा कम उमेरका तीन बालबालिकासहित ७ जनाको मृत्यु भएको हो ।

गोली लागी मृत्यु हुनेमा विलियम किन्नी, एभेलिन डाइक्हस र हेली स्कर्ज नामका बालबालिका रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । गोली लागी मृत्यु हुनेमा सोही विद्यालयका शिक्षक रहेका । ६१ वर्षीय किनिथिया पिक, ६१ कै माइक हिल र ६० वर्षका डा. क्याथेरिन कुन्सी मारिएका छन्।

विद्यालयमा जथाभावि रुपमा गोली चलाएर आक्रमण गर्ने २८ वर्षको अड्रे हेल नामको व्यक्ति पनि प्रहरीको जवाफी कारवाहीमा मारिएको छ । आक्रमणकारी समलिङ्गी भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारीले गोली चलाएको नासभिलको एउटा निजी विद्यालय हो । जुन विद्यालयमा ११ वर्षसम्मका बालबालिकाहरु पढ्ने गर्दछन् । उक्त विद्यालयमा दुई सय जति विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यालयमा आक्रमणगरी विद्यार्थी र शिक्षकहरुमाथि गोली चलाइएको घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन दुःख व्यक्तगर्दै घटनामा सम्लग्नलाई कारवाही गर्ने बताएका छन् । राष्ट्रपति बाइडेनले यसैमहिना(मार्च)को अन्त्यसम्ममा राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएको समाचारमा जनाइएको छ ।

विद्यालयमा गरिएको यो आक्रमणपछि अमेरिकामा पुनः बन्दुक राख्ने कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै पुरानै बहस हुन थालेको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।