फाइल तस्वीर
सुर्खेत — कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । झण्डै अढाई महिना पछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । सरकारले प्रदेश सदनलाई विजनेश दिन नसकेका कारण हालसम्म बैठक स्थगित हुँदै आएको थियो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो । प्रदेश सरकारले प्रदेशसभा बैठकमा तीन वटा विधेयक ल्याउने बताइएको छ ।