एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर

वीरेन्द्रनगर— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट बनेको दावी गर्नुभएको छ । कर्णाली प्रदेश पुग्नुभएका एमाले नेता पौडेलले सुर्खेत विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै वर्तमान सरकार देशभित्रका दल मात्रै नभइ विदेशी हस्तक्षेपबाट निर्माण भएको दावी भएको हो ।

एमाले उपाध्यक्ष पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री पद हत्याएर पछि एमालेलाई नै धोका दिएको जिकिर गर्नुभयो । पत्रकारको प्रश्नको जवाफ दिंदै एमाले नेता पौडेलले भन्नुभयो ‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौं । तर प्रचण्डले प्रधानमन्त्री बनेपछि धोका दिएर फर्किनुभयो’

नेता पौडलले सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न सकस भैरहेको भन्दै यो सरकारको ध्यान जनताको समस्याप्रति नभै विदेशीको इसारामा चल्ने ठोकुवा गर्नुभयो ।

एमाले उपाध्यक्ष पार्टीले थालेको मिसन ग्रासरुट अभियानका लागि आज सुदूरपश्चिम प्रदेशको अछाम र डोटीमा आयोजना हुने कार्यक्रममा भागलिन जानुभएको हो ।