साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता, फाइल तस्वीर
काठमाडौं — साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तगर्त आज नेपालले रुससँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा जारी साफ यु—१७ को तेस्रो खेल बीएसएसएस मोस्ताफा कमल रङ्गशालामा नेपाल रुसविरुद्ध मैदानमा उत्रन लागेको हो ।

नेपाल र रुसबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ । रुसी टिमलाई हराउँदै नेपाल दोस्रो जितको खोजिमा मैदानमा उत्रिनेछ । यस अघिका दुई खेलमा नेपालले ३ अङ्क जोडेर चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५—० गोल अन्तरले हराउँदै ३ अङ्क जोड्न सफल भएको थियो । नेपाल आज रुसी टिमलाई हराएर पुनः ३ अङ्क जोड्न चाहन्छ । पा

बङ्गलादेशको ढाकामा जारी प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता रहेको छ । साफ यु—१७ मा आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, भारत, भुटान र रसियाको रहेका छन् ।